स्वास्थ्यकर्मीलाई बिदा नदिने सरकारको निर्णय, बिदामा बसेकाहरुलाई तुरुन्त कार्यालय फर्कन पत्राचार


काठमाडाैं – सरकारले बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ ।

कोभिड-१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ ।

यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।

 

 

प्रतिक्रिया