

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौँ – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द गरेको छ।
कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना प्रकाशन गर्दै अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।
विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए।

