रोकिएन दुबईबाट नेपालमा सुन तस्करी, न्यौपानेले यसरी ल्याएछन्


काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)को दुबईबाट नेपालमा सुन तस्करीको क्रम नरोकिएको पुष्टि भएको छ। ठूलो परिमाणमा नभई सानो सानो गरी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने गरेको प्रमाण फेला परेको छ।

वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिपप्रसाद न्यौपानेले ल्याएको सुन जफत गरिएपछि यसको पुष्टि भएको हो। उनले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आधा किलो भन्दा बढी सुन फेला पारेका थिए।

दोलखा घर भएका न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको बताइएको छ।

न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले महानगरीय अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ । रामेछाप घर भएका अनिश तामाङ र सन्जिव योन्जनलाई पक्राउ गरिएको छ।

प्रतिक्रिया