कोरानाबाट कांग्रेस नेतृ एवं संविधानसभा सदस्यको निधन


बाँके — कोरोना संक्रमणबाट नेपाली कांग्रेसकी नेतृ मोहम्मदी सिद्धिकीको निधन भएको छ । बाँकेको नेपालगन्ज–३ निवासी सिद्धिकी संविधान सभा सदस्य समेत रहेकी उनको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

सिद्धिकी कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी सल्लाहकार समेत रहेकी उनले यसअघि महिला संघको जिल्ला सदस्य र महिला विभाग सदस्यको समेत जिम्मेदारी सम्हालीसकेकी छिन् । सिद्धिकीका दुई छोरा र एक छोरी छिन् ।

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ । शनिबार मात्रै नेपालमा १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया