

कोभिड अस्पतालमा आगलागी हुँदा १३ बिरामीको मृत्यु

काठमाडौं – शुक्रबार बिहान भारतको मुम्बईस्थित विजय वल्लभ कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
अस्पतालको आईसीयू वार्डमा १० वैशाख शुक्रबार बिहान आगलागी हुँदा १३ जनाको मृत्यु भएको हो भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
अग्नि नियन्त्रक र भारतीय प्रहरीको टोली आगो नियन्त्रणका लागि घटनास्थल पुगे पनि यसको कारण नखुलेको बताइएको छ । प्रभावित बिरामीहरुलाई नजिकका अस्पतालहरुमा सारिएको छ।
दुर्घटनाका कारण भारतीय अस्पतालमा एक साताको बीचमा उपचाररत बिरामीको मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लिक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

