

आफ्नो समूहबाट माधव नेपालले पाए यस्तो सुझाव, २ बजे ओलीसँग निर्णायक वार्ता

काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेता माधवकुमार नेपालले आज निर्णायक वार्ता गर्ने भएका छन्।
दिउँसो २ बजे हुने निर्णायक वार्ताअघि बुधबार भएको कुराकानीका विषयमा नेता नेपालले आफू पक्षीय नेतालाई ब्रिफिङ गरेका थिए। ओली २ जेठ ०७५ मा फर्किएको खण्डमा सहमति गर्न सकिने नेपालले सुझाव पाएका छन्।
‘ओली पनि सम्झौतामा आउनुपर्छ, माओवादीबाट आएका नेतालाई जिम्मेवारी दिइएको एकलौटी निर्णय फिर्ता गर्नुपर्छ, सहमति हुनसक्छ’, नेपाल पक्षका नेता भन्छन्,‘मनलाग्दी रुपमा गरिएका निर्णय स्वीकार गर्दै ओलीसँग झुक्न सकिँदैन।’
ओलीले नेपाल पक्षका २७ जना संघीय संसदका सदस्यलाई स्पष्टिकरण सोधेका छन्। उक्त स्पष्टिकरणको जवाफ बुझाउने समयसीमा पनि आज सकिँदैछ।

