नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन


काठमाडौँ – नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा अनुसन्धान भइरहेको भन्दै सिनामंगलस्थित सुरिया हेल्थ केयरको लाइसेन्स अर्को सूचना नआएसम्मका लागि परीक्षण नगराउन भन्दै निलम्बन गरेको हो ।

मङ्गलवार महानगरीय प्रहरीले सुरिया हेल्थ केयर प्रालिका सञ्जालक डा। सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई पक्राउ गरेको थियो।

उक्त हेल्थ केयरले स्वाब नै नलिई महँगो मूल्यमा नेगेटिभ रिपोर्ट नक्कली दिने गरेको प्रहरीले जनाएको छ।

यस्तै, सुरियामा कोरोना परीक्षण गराइ विदेश जान लागेका एक सयभन्दा बढी व्यक्तिलाई बुधवार विमानस्थलबाटै फर्काइएको छ ।

प्रतिक्रिया