यी हुन् फोब्स म्यागजिनको प्रभावशाली युवा सूचीमा दुई नेपाली


काठमाडौं – विश्व प्रसिद्ध फोब्स म्यागजिनको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा यस पटक नेपाली युवा पर्न सफल भएका छन् । सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला फोब्सकाे ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा परेका हुन् ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा उनीसँगै ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह पनि प्रभावशाली युवाको सूचीमा पर्न सफल भएकी छिन् । गत वर्षझैं यसपटक पनि एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका हुन् ।

गत वर्ष चारजना नेपाली युवा उक्त सूचीमा परेका थिए । फोब्र्सले हरेक वर्ष विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरू समावेश गरेर सूची प्रकाशित गर्ने गर्दछ । जसमा प्रत्येक वर्ष नै नेपाली युवाहरू पर्ने गरेका छन् ।

प्रतिक्रिया