

बागमती प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

मकवानपुर – बागमती प्रदेश प्रदेश लोकसेवा आयोगले यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७र०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूह, सहायकस्तर चौथौ र सह लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको आयोगले जनाएको छ ।
आयोगका निमित्त सचिव भोला दाहालका अनुसार गत पुस २५ गते उक्त पदहरुको पहिलो चरणको परीक्षा संचालन गरी गत चैत १६ गते नतिजा प्रकाशन गरिएको थियो । मानव स्वास्थ्य नै मुख्य कुरा भएको र र जोखिमको अवधिभर भीडभाड हुने गरी कुनै पनि कार्य नगर्न सरकारको स्पष्ट निर्देशन भएकोले परीक्षा रद्ध गर्न परेको दाहालले बताए ।

