२४ लाख ५० हजार रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट १ जना पक्राउ


काठमाडौं – स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत छन्। बस्नेतलाई आइतबार साँझ पक्राउ गरिएको नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

यति एयरको उडानमार्फत काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा २४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका बस्नेतमाथि थप अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया