

सीआईबीले फेरि समात्यो नक्कली डाक्टरको गिरोह, नक्कली प्रमाणपत्रको विगविगी

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली डाक्टरहरुलाई पक्राउ गरेको छ। केही दिनदेखिको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेको सीआईबीले जनाएको छ।
पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र गौतम पक्राउ परेको सीआईबी स्रोतले जानकारी दियो। एसएलसीकै शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा गौतम पक्राउ परेका हुन्।
गौतमसँगै अन्य चिकित्सकलाई समेत पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका नक्कली डाक्टरहरुलाई सिआइबीले दिउँसो ३ बजे सार्वजनिक गर्दैछ।
नेपाल–भारत सीमाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो।

