बुद्धनगरमा छोरासँगको विवादमा बाबुले गरे आत्मदाहको प्रयास


काठमाडौंं – काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् ।

काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए ।

उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले जनाए । हाल उनको उपचार जारी रहेको छ ।

प्रतिक्रिया