एमाले पूर्वसांसद कोइरी पक्राउ


काठमाडाैं – नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट कोइरीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक(डीएसपी) पञ्चलाल गोलेले बताए ।

उनका अनुसार वि.सं. २०७२ भदौ २५ गते डिउटीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बि.क.को हत्या गरेको भन्ने कर्तव्य ज्यान मुद्दाको सम्बन्धमा उनलाई पक्राउ गरिएको हो ।

महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याएर उच्च अदालत जनकपुर बुधबार पाँच वर्ष कैद सजाय ठहर गरेको थियो। प्रहरीले सोही आदेश कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ ।

 

प्रतिक्रिया