
बैंकिङ कसुरमा शंकर समूहका अध्यक्ष र दीपक भट्टसहित चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं- बैंकिङ कसुरको आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षद्वय सुलभ अग्रवाल र साहिल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध मुद्दा दायर गरिएको छ।
उनीहरूविरुद्ध कुल ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी अभियोगपत्र दायर गरिएको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार बिहीबार उनीहरूविरुद्ध कैद तथा जरिवानाको मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो। विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीका अनुसार चारै जना प्रतिवादीमाथि बैंकिङ कसुरसम्बन्धी अभियोग लगाइएको छ।
यसै प्रकरणसँग सम्बन्धित अर्को मुद्दा जिल्ला अदालत काठमाडौंमा पनि दायर भइसकेको जनाइएको छ।



कागजपत्र |
