
गुण्डागर्दीको आरोपमा बाैद्धबाट लामा पक्राउ
काठमाडौं – प्रहरीले राजधानीबाट गुण्डागर्दीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी बौद्ध वृत्तबाट खटिएको प्रहरीको टोलीले सिन्धुपाल्चोकको मेलम्ची घर भएका श्याम लामालाइ गुण्डागर्दीको आरोपमा बिहीबार बाैद्धबाटै पक्राउ गरेको हो ।
उनले बौद्ध, थली र मुलपानी क्षेत्रमा गुण्डागर्दी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जनाए ।
लामाविरुद्ध प्रहरीले २०७० भन्दा पछि ४ वटा मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको भेटिएको छ । अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार सम्बन्धी ३ वटा मुद्दामा उनलाई यसअघि अनुसन्धान गरिएको एसपी भट्टराईले बताए ।



कागजपत्र |
