माइतीघरमा धर्नारत पीडित र अभियन्तासँग गृहमन्त्रीको भेट


काठमाडौं-  गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलमा विभिन्न माग राख्दै धर्ना र प्रदर्शनमा बसेका व्यक्तिहरूसँग भेटघाट गरेका छन्।

बिहीबार दिउँसो करिब पौने ४ बजे माइतीघर पुगेका गृहमन्त्री गुरुङले आन्दोलनरत पक्षसँग संवाद गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

भेटका क्रममा उनले विभिन्न मुद्दा उठाएर प्रदर्शन गरिरहेका व्यक्तिहरूको गुनासो सुनेका थिए। साथै सम्बन्धित निकायमार्फत मागहरूबारे आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू न्यायको माग गर्दै धर्नामा बसेका छन्। त्यस्तै चुरे संरक्षण, सार्वजनिक सरोकारका विषय तथा अन्य सामाजिक मागहरू राखेर विभिन्न समूहले पनि प्रदर्शन गरिरहेका छन्।

गृहमन्त्रीको उपस्थितिपछि आन्दोलनकारीहरूले आफ्ना मागबारे प्रत्यक्ष रूपमा जानकारी गराएका थिए। सरकारले उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिने विश्वास मन्त्री गुरुङले दिलाएका छन्।

प्रतिक्रिया