बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ


काठमाडौं-  बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका ४६ वर्षीय हर्कबहादुर बुढा रहेका छन् ।

काठमाडौं जिल्ला अदालत, बबरमहलले २०८२ पुस १ गते उनीविरुद्ध पक्राउ अनुमति पुर्जी जारी गरेको थियो । त्यसपछि फरार रहेका बुढाको खोजी गर्ने क्रममा प्रहरीले बुधबार बिहान करिब ११ः३० बजे काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्की क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका बुढालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया