
छैटौँ विश्वकप खेल्दै रोनाल्डो
काठमाडौं- पोर्चुगलले फिफा विश्वकप २०२६ का लागि अनुभवी स्टार क्रिस्टियानो रोनाल्डोलाई समेट्दै अन्तिम टोली घोषणा गरेको छ । ४१ वर्षीय रोनाल्डोले टोलीमा स्थान बनाएसँगै लगातार छैटौँ पटक विश्वकप खेल्ने कीर्तिमानी उपलब्धि हासिल गर्ने भएका छन् ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो हाल साउदी अरेबियन क्लब अल नासरबाट खेलिरहेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । रोनाल्डोले पोर्चुगलका लागि २२६ खेलमा १४३ गोल गरेका छन् ।
पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले २७ सदस्यीय ‘प्लस वन’ टोली घोषणा गरेका हुन् । उनले गत जुलाईमा कार दुर्घटनामा ज्यान गुमाएका पूर्व लिभरपुल फरवार्ड डियगो जोटालाई भावनात्मक रूपमा ‘प्लस वन’का रूपमा समावेश गरिएको बताए ।
मार्टिनेजले जोटा टोलीको शक्ति र खुशी भएको उल्लेख गर्दै उनको निधनले राष्ट्रिय टोलीलाई गहिरो चोट पुगेको बताए । “डियगो सधैं हाम्रो टोलीको हिस्सा रहनेछन्,” उनले भने ।
गोलकिपर:
डिओगो कोस्टा, जोसे सा, रुई सिल्भा, रिकार्डो वेल्हो
डिफेन्डर:
डिओगो डालोट, म्याथ्युस नुनेस, रुबेन डायस, नेल्सन सेमेडो, जोआओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्कालो इनासियो, रेनाटो भेइगा, थोमस अरउजो
मिडफिल्डर:
रुबेन नेभेस, सामु कोस्टा, जोआओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डिस, बर्नार्डो सिल्भा
फरवार्ड:
क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, फ्रान्सिस्को ट्रिनकाओ, फ्रान्सिस्को कन्सेकाओ, पेड्रो नेटो, राफेल लिओ, गोन्कालो गुएडेस, गोन्कालो रामोस ।



कागजपत्र |
