स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र


काठमाडौं-  स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय तथा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम मन्त्रालयको नाम परिवर्तन गरिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार नाम परिवर्तनसम्बन्धी सूचना २०८३ वैशाख ३० गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

नयाँ व्यवस्था अनुसार मन्त्रालयको नेपाली नाम ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ कायम गरिएको छ भने अङ्ग्रेजी नाम ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ निर्धारण गरिएको छ ।

मन्त्रालयका शाखा अधिकृत नन्दकिशोर यादवद्वारा जारी परिपत्रमार्फत सम्पूर्ण मातहतका निकायलाई नयाँ नाम तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।

त्यसैगरी, नाम परिवर्तनअनुसार मन्त्रालयको आधिकारिक वेबसाइट तथा अन्य अभिलेख अद्यावधिक गर्न सूचना प्रविधि शाखालाई समेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया