
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने
काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
भण्डारीले यसअघि नै सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन् । तर त्यतिबेला पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
सोमबारको सचिवालय बैठकले भने उनलाई पार्टी सदस्यता दिने निर्णय गरेसँगै उनी सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ । भण्डारीले एमाले नेतृत्वमै आउने आकांक्षा राखेको बताइएको छ ।
यसअघि गत वर्षको ३ साउनमा बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता ‘होल्ड’ गर्ने निर्णय गरेको थियो ।



कागजपत्र |
