
बसको ठक्करबाट पुरूषको मृत्यु
सर्लाही- यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ ।
उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले आजबिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो ।
ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।



कागजपत्र |
