
३१ जना सवारी चालकको लाइसेन्स निलम्बनको सिफारिस
काठमाडौं – पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारी लाइसेन्स निलम्बनका लागि सिफारिसमा गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाएपछि ३१ जना चालकको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरेको हो।
यद्यपी कस-कसको भन्ने खुलाइएको छैन् ।
आज कार्यालयमा आयोजित पत्रकार सम्म्लनमा बोल्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले पटक-पटक कारबाहीमा पर्दा पनि गल्ती दोहोर्याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई सिफारिस गरिएको जानकारी दिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।
लाइसेन्स निलम्बनमा परेका चालकहरूले ६ महिनासम्म कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन्।
यस प्रकारको कारबाहीले उपत्यकामा ट्राफिक नियम पालनामा सुधार ल्याउने तथा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



कागजपत्र |
