रामकृष्ण ढकालले दिए साइबर ब्युरोमा उजुरी


काठमाडौं-  गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार, गालीगलौज र मानहानि गरिएको भन्दै उनले बिहीबार साइबर ब्युरोमा निवेदन दर्ता गराएका हुन् ।

ढकालले सामाजिक सञ्जालमा भइरहेका गतिविधिले आफ्नो व्यक्तिगत जीवनसँगै पेशागत प्रतिष्ठामा समेत गम्भीर असर परेको बताएका छन् । उनले यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

पछिल्लो समय फेसबुकलगायत सामाजिक सञ्जालमा ढकाललाई लक्षित गर्दै आलोचनात्मक र अपमानजनक पोस्टहरू सार्वजनिक भइरहेका छन् । विशेषगरी ‘जेनजी’ प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा ढकालले गाडी चलाएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भएको थियो ।

प्रतिक्रिया