एमाले राष्ट्रियसभा सचेतकमा रोशनी मेचे


काठमाडाैं- नेकपा (एमाले)ले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई शुक्रबार राष्ट्रियसभातर्फको सचेतकमा ​नियुक्त गरेका हुन् ।

बादलले उनलाई सचेतकमा नियुक्त गरेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया