
थाल ठटाउँदै सरकारविरुद्ध सुकुम्बासीहरुले गरे सडक प्रदर्शन
काठमाडौं– सुकुम्वासी मोर्चाले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।
देशभरका सुकुम्बासी बस्तीमा बिना विकल्प र उचित व्यवस्थापन डोजर चलाएर सर्वसाधारणलाई बिचल्ली बनाएको आरोप लगाउँदै मोर्चाले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले हातमा थाल र चम्चा लिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्य मानवअधिकारविपरीत भएको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेका छन्। साथै, वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ थियो।



कागजपत्र |
