‘लालीबजार’ प्रदर्शनमा अदालतको हरियो झण्डा


काठमाडौं-  नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनमा देखिएको कानुनी अवरोध हटेको छ। उच्च अदालत पाटनले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर रिटमा यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।

यसअघि अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी प्रदर्शन रोक्न भनेको थियो। तर पछिल्लो आदेशसँगै अब ‘लालीबजार’ चलचित्र प्रदर्शनको बाटो खुलेको छ।

प्रतिक्रिया