
सशस्त्र जवान महताले गुमाए तालिमकै क्रममा ज्यान
धनगढी – कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा बिहान साढे ४ बजे उनी बेहोस् भएको सशस्त्र प्रहरीको बडिमालिका शिक्षालयले जनाएको छ । चिकित्सकले सवा ५ बजेतिर मात्रै महतालाई मृत घोषणा गरेका थिए ।



कागजपत्र |
