
सशस्त्र आईजी पाैडेललाई दर्ज्यानी चिह्न
काठमाडौं – नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) को दर्ज्यानी चिह्न ग्रहण गरेका छन्।
गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको थियो ।
गत १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् ।
दर्ज्यानी चिह्न ग्रहणसँगै पौडेलले अब औपचारिक रूपमा सशस्त्र प्रहरी बल नेपालको नेतृत्व सम्हालेका छन्।



कागजपत्र |
