
उपत्यकाका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना पक्राउ
काठमाडौं – प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाँउहरुमा सञ्जालनमा रहेका मसाज सेन्टरहरुबाट महिला र पुरुषहरुलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २४० महिला र १८ पुरुष गरी २५८ जनालाई पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर केसीले उनीहरूमध्ये कसलाई मुद्दा चलाउने वा नचलाउने भन्नेबारे आवश्यक छानबिन भइरहेको बताए।



कागजपत्र |
