
खैरो हेरोइनसहित २ जना पक्राउ
विराटनगर – प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला छन् ।
वैशाख १४ मा पक्राउ परेका आरोपीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
