उपसभामुख रूबी कुमारी अस्पताल भर्ना


काठमाडौं-  प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी अस्पताल भर्ना भएकी छन् । सुगर (रक्तचिनी) को मात्रा अचानक घटेपछि उनलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार उपसभामुख कुमारीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि तत्काल अस्पताल लगिएको हो । चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया