
मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने नेकपाको निर्णय
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर महिनामा केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको हो।
पार्टीका अनुसार महाधिवेशन काठमाडौंमै सम्पन्न हुनेछ। महाधिवेशनअघि संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै जेठ मसान्तभित्र संघ, प्रदेश, पालिका, वडा तथा जनवर्गीय संगठनहरूको समायोजन पूरा गर्ने निर्णय गरिएको छ।
यसैगरी, असार र साउन महिनामा श्रम शिविर सञ्चालन तथा सदस्यता नवीकरण गरिनेछ। संगठनात्मक गतिविधिअन्तर्गत १५ भदौभित्र वडा अधिवेशन, भदौ मसान्तभित्र पालिका अधिवेशन, असोज मसान्तभित्र जिल्ला अधिवेशन र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।



कागजपत्र |
