सबैकाे सहमतिमा आङ्देम्बे पार्टी संसदीय दलको नेता चयन : सभापति थापा


काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबै पक्षलाई समेट्दै अघि बढ्ने बताएका छन्।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केन्द्रीय समितिमा रहेका र नरहेका सबै नेताको सहमतिमा भीष्मराज आङ्देम्बे संसदीय दलको नेतामा निर्विरोध चयन भएको जानकारी दिए।

सभापति थापाका अनुसार लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत पनि नेतृत्व चयन गर्न सकिने अवस्था भए पनि व्यापक सहमतिलाई प्राथमिकता दिँदै धेरै नेताहरूको चाहनाअनुसार सहमतिमै नेतृत्व टुंग्याइएको हो।

उनले संसदीय दलको नेता चयनमा केही समय लागे पनि अन्ततः सहज रूपमा सहमतिबाट निर्विरोध नेतृत्व चयन भएको उल्लेख गरे। साथै, यस प्रक्रियामा वरिष्ठ नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको समेत सहमति रहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया