
सरकारद्वारा श्वेतपत्र सार्वजनिक : अर्थतन्त्र अनुत्पादक चक्रमा फसेको निष्कर्ष
काठमाडौं- सरकारले मुलुकको समग्र आर्थिक अवस्थाको विश्लेषण गर्दै ‘वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी गरेको उक्त श्वेतपत्रमा देशको विद्यमान आर्थिक अवस्था, प्रमुख चुनौतीहरू र आगामी नीतिगत मार्गचित्र समेटिएको छ।
श्वेतपत्रले नेपालको अर्थतन्त्र लामो समयदेखि संरचनागत समस्यामा जकडिएको उल्लेख गर्दै विगतका नीतिगत भ्रष्टाचार, आसेपासे पुँजीवाद तथा शासकीय अस्थिरताले अर्थतन्त्रलाई अनुत्पादक चक्रमा धकेलेको निष्कर्ष निकालेको छ। साथै, आर्थिक सुधारका लागि पारदर्शिता, नीतिगत स्थायित्व र उत्पादनमुखी लगानीमा जोड दिनुपर्ने औंल्याइएको छ।
Skip to PDF content


कागजपत्र |
