
सामाजिक सञ्जालमा अवैध विज्ञापन गर्ने मेनपावर कम्पनीलाई २ लाख जरिवाना
काठमाडौं- वैदेशिक रोजगार विभागले पूर्व अनुमति बिना सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको पाइएपछि एक मेनपावर कम्पनीलाई जरिवाना गरेको छ।
विभागका अनुसार लाइसेन्स नम्बर १०२२/२०६८/०६९ भएको एशोसिएट वेलकम इन्टरनेशनल प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो। विभागको स्वीकृति बिना सामाजिक सञ्जालमा विज्ञापन प्रकाशित गरेको पाइएपछि कारबाही गरिएको बताइएको छ।
विभागले यस्ता गतिविधि नगर्न कम्पनीलाई सचेत पनि गराएको छ।
त्यसैगरी, मास ह्युमन रिसोर्स प्रालि र टेस्ला ओभर्सिसलाई पनि विभागले सचेत गराएको छ। यी कम्पनीहरूको विवरण विभागको अभिलेखमा राखी चेतावनी दिइएको जनाइएको छ।
वैदेशिक रोजगार विभागका अनुसार यी कारबाहीहरू वैदेशिक रोजगार ऐन २०६४ अनुसार गरिएको हो।



कागजपत्र |
