भ्रामक हल्ला फिजाउनेविरुद्ध कानुनी प्रक्रियामा जाने ललितपुर परिसरको चेतावनी


ललितपुर – ललितपुर प्रहरी परिसरले भ्रामक सूचना प्रवाह नगर्न अनुरोध गर्दै ध्यानाकर्षण गराउँदै आवश्यक पर्ने कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी दिएको छ ।

परिसरका प्रहरी नायब उपरिक्षक (डिएसपी) द्वारीका प्रसाद घिमिरेका बारेमा विभिन्न माध्यमहरुमा प्रकाशित भ्रामक हल्लाका सम्बन्धमा परिसरले ध्यानाकर्षण गराएको हो ।

परिसरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रहरी नायव उपरीक्षकले एक जना प्रहरी कर्मचारीलाई सरुवा भएको स्थानमा रवाना लिई जान पटक पटक अनुरोध गरी प्रशासन शाखाले रवाना दिए गएको सामान्य आन्तरीक प्रशासन तथा कारबाहीको विषयलाई लिएर विभिन्न  online तथा social media हरुमा हातपात तथा कुटपिट भएको भनि भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण गरी एक जना कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार प्रहरी अधिकृतको आत्मसम्मानमा चोट पुग्ने, मनोबल गिर्ने तथा प्रहरी कर्मचारी उपर गलत सन्देश प्रवाह भएको प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

प्रतिक्रिया