मनोहरामा अतिक्रमण हटाउँदा झडप, केही प्रहरी घाइते


काठमाडौं- काठमाडौं उपत्यकाको मनोहरा–जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने क्रममा शनिबार तनाव उत्पन्न भएको छ। नदी किनारका सुकुम्बासी बस्ती हटाउन पुगेको सुरक्षाकर्मी तथा प्राविधिक टोलीमाथि स्थानीयको एक समूहले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको हो।

ढुंगामुढाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। संरचना हटाउन पुगेको डोजरसमेत लक्षित आक्रमण भएको थियो।

स्थानीयले आज नभई भोलि भत्काउन अनुरोध गरेपछि फर्किन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेको समूहले उत्तेजित भई पुनः आक्रमण गरेको प्रहरी अधिकारीको दाबी छ। अवस्था असामान्य बनेसँगै प्रहरीले आजका लागि अभियान स्थगित गर्दै टोली फिर्ता गरेको छ।

प्रतिक्रिया