भूपदेव शाह बने रास्वपाको महामन्त्री


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टीले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । शाहलाई महामन्त्री बनाउने प्रस्ताव सोमबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको हो ।

शाह वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहसँगै रास्वपा प्रवेश गरेका थिए । उनी वालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रमुख स्वकीय सचिव थिए ।

पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

प्रतिक्रिया