घरभित्रै बसिरहेका बेला चट्याङ लागेर गोरखाका थापाको मृत्यु


गोरखा – गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो ।

 

प्रतिक्रिया