काठमाडौं महानगर र प्रहरीबीच सहरी सुरक्षामा सहकार्य हुने


काठमाडौं- काठमाडौं महानगरपालिका र नेपाल प्रहरीले सहरी सुरक्षा तथा व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भएको भेटमा काठमाडौं उपत्यकाभित्र सडक सुरक्षा, सहरी व्यवस्थापन र सार्वजनिक सम्पत्ति संरक्षणका विषयमा सहकार्य गर्ने सहमति भएको हो।

भेटमा कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन तथा सडक मानवमुक्त अभियानजस्ता विषयमा महानगर र प्रहरीबीच समन्वय आवश्यक रहेको बताइन्।

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सुरक्षा सहयोग उपलब्ध गराउन प्रहरी तयार रहेको बताए। उनका अनुसार उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय गर्ने गरी फोकल पर्सन समेत तोकिएको छ।

प्रतिक्रिया