रमजानमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी


काठमाडौं-  युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १२८ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

नेपाल सरकारले उक्त मानवीय निर्णयप्रति यूएई सरकारलाई कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा रमजानको पवित्र अवसरमा नेपाली कैदीहरूलाई माफी दिएकोमा यूएईप्रति हार्दिक आभार प्रकट गरिएको उल्लेख छ ।

नेपाल सरकारले यूएईको उक्त कदमलाई उच्च मूल्यांकन गर्दै मानवीय आधारमा गरिएको निर्णयलाई स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासमार्फत गरिएको अनुरोधपछि यूएई सरकारले १२८ नेपाली कैदीलाई माफी दिएको हो ।

प्रतिक्रिया