मन्त्री नबनेपछि दोर्ण कुँवरले दिए सांसदबाट राजीनामा


गण्डकी –  नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उनले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । उनले राजीनामाको बोधार्थ कांग्रेस केन्द्रीय सभापति र प्रदेश संसदीय दलका नेतालाई समेत दिएका छन् ।

कांग्रेस स्रोतका अनुसार बुधबार भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा कुँवर मन्त्री बन्ने प्रयासमा थिए । तर मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन अस्वीकार गरेपछि उनले राजीनामा दिएको दाबी गरिएको छ ।

कांग्रेसका एक सांसदका अनुसार मन्त्री पद नपाएको असन्तुष्टिमा कुँवरले राजीनामा दिएको देखिन्छ । तर उनले आवेशमा दिएको राजीनामा फिर्ता हुन सक्ने विश्वास पनि व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया