
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीहरूले खाए शपथ
गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार मन्त्री हेरफेर गरिएको हो ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराइसकेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।
त्यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका छन् । यशोदा रिमाल उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।



कागजपत्र |
