
खुस्बु ओलीको आरोप – नयाँ दलले पनि सिन्डिकेट बनायो
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की संसदीय दलकी सचेतक खुस्बु ओलीले संसद्मा नयाँ–नयाँ दलको नाममा सिन्डिकेटको अभ्यास सुरु भएको आरोप लगाएकी छिन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उपसभामुख पदका लागि राप्रपाकी उम्मेदवार सरस्वती लामाको समर्थन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धोका पाएको पनि बताइन्।
ओलीले संसद्मा सम्बोधन गर्दै भनिन्, “यो लोगो जस्तै अर्को पनि लोगो बनाउनु पर्ने देखियो, नयाँ र पुरानो चिनाउने लोगो। सिन्डिकेटको संस्कारको विरोध गरेर उदाएका दलका तर्फबाट यो सदनमा नयाँ–नयाँको सिन्डिकेट स्थापित गरियो। हामीलाई लोगो बनाइदिनुस्।”
यसअघि राप्रपा नेता ज्ञानेन्द्र शाहीले पनि रास्वपाले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि उम्मेदवारी दिएको भए पनि पछि धोका पाएको बताएका थिए।
राप्रपाले संसद्मा भएको राजनीतिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै नयाँ दलहरूबीचको समन्वय र व्यवहारप्रति प्रश्न उठाएको छ।



कागजपत्र |
