
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मोरिससमा भेटवार्ता
काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर खनालबीच शुक्रबार भेटवार्ता भएको छ।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत् शुक्रबार दिउँसो भएको भेटबारे जानकारी दिँदै मन्त्री खानाललाई पदभार ग्रहण गरेकोमा बधाई दिएका छन्।
उनले भारत–नेपाल सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्न विभिन्न क्षेत्रमा थप सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उल्लेख गरेका छन्।
जयशंकरले दुई देशबीचको साझेदारीलाई अझ गहिरो बनाउँदै आर्थिक, विकास र अन्य क्षेत्रहरूमा सहकार्य बढाउनेबारे कुराकानी केन्द्रित भएको बताए ।
परराष्ट्रमन्त्री खनाल नवौँ हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्न बिहीबार मौरिससको पोर्ट लुइस प्रस्थान गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी त्यसतर्फ गएका थिए ।



कागजपत्र |
