
ड्युटीमै रहेका हवल्दारमाथि कुटपिट, गाउँपालिका उपाध्यक्ष पक्राउ
कपिलवस्तु- कपिलवस्तुमा एक जनप्रतिनिधिले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ। शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेको आरोप लागेको हो।
घटनापछि प्रहरीले उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो।
स्थानीयका अनुसार उपाध्यक्षका भाइको जेसीबीका सामान ल्याउने क्रममा शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा प्रहरीले रोक लगाएको थियो। सोही विषयलाई लिएर विवाद चर्किँदै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमै रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका हुन्।
उक्त स्थान सशस्त्र प्रहरीको नियमित चेकपोस्ट क्षेत्र भएको बताइएको छ।



कागजपत्र |
