
शंकर ग्रुपका सुलभ अग्रवाल पनि पक्राउ
काठमाडौं – बिचौलिया दिपक भट्टका साझेदार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा एवं ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ परेका छन्।
सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको बताइएको छ। शंकरलाल अग्रवाल भने शुक्रबारै पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीसँग जोडिएका अग्रवाल बाबुछोरा नै पक्राउ परेका हुन्।
भट्टसहित उनका साझेदारहरूलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउने जनाएको छ।



कागजपत्र |
