‘फ्रि भिसा, फ्रि टिकट’ नीति कडाइमा, १० हजारभन्दा बढी शुल्क लिए कारबाही


काठमाडौं- सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकसँग ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार अधिकतम १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कडाइका साथ लागू गर्न थालेको छ। यसभन्दा बढी शुल्क लिने म्यानपावर कम्पनीमाथि कारबाही गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले बताएका छन्।

सरकारले श्रमिकलाई बढी शुल्क लिएको पाइएमा हेलो सरकार (११११) र श्रमधान कल सेन्टर (११४१) मा उजुरी गर्न आग्रह गरेको छ भने त्रिभुवन विमानस्थलमा समेत सोधपुछ सुरु गरिएको छ।

तर वैदेशिक रोजगार व्यवसायीहरूले भने १० हजार रुपैयाँ शुल्क अव्यावहारिक भएको दाबी गर्दै रोजगारदाताले अधिकांश खर्च नबेहोर्ने भएकाले यस्तो नीति कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।

प्रतिक्रिया