गौतमश्री सहकारीका सिइओ विष्ट पक्राउ


काठमाडौं – काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका सिइओलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत रविन विष्टलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जनाए ।

प्रहरी प्रधान कार्यालयको पत्रको आधारमा बिहीबार विष्टलाई नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिए ।

बचतकर्ताको ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर गौतमश्रीका सञ्चालकहरू गायब भएको आरोप छ।

सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक घर भएका रामबहादुर गौतम फरार छन् ।

सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया