२० हजार घुससहित प्रहरीका सई समातिए


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित एक प्रहरी नायब निरीक्षक (सई)लाई रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरी वृत्त मालिगाउँमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत रहेका छन्। उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउने भन्दै २० हजार रुपैयाँ घुस लिएको आरोप छ।

उनीलाई गहनापोखरीस्थित ग्रीनस्टार क्याफेबाट साँझ करिब ५ बजे घुस रकमसहित नियन्त्रणमा लिइएको हो। अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया